तहगत सरकारका फरक-फरक कानुनले नागरिक र प्रेस स्वतन्त्रतालाई झनै कुण्ठित पार्यो ।


कार्तिक १९, जनकपुर । धनुषाका अधिकारकर्मी, पत्रकार तथा राजनीतिकदलले संघीय सरकारले जस्तै प्रदेश २ सरकार पनि जनभावना विपरित जान थालेको भन्दै आलोचना गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा धनुषाको जनकपुरमा भएको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर फेरी विभेद गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

 

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कर्णले संघीय सरकारले मात्रै नभएर प्रदेश २ सरकारले समेत पत्रकारलाई नियन्त्रण गर्ने गरि कानुन ल्याउन लागेको भन्दै आपत्ति जनाए । उनले भने, ‘पहिले केन्द्रले हामीलाई मधेशी भनेर हेप्यो, यिनले मधेशका मुद्धा उठाउँछन् भनेर वास्ता गर्दैन थियो तर अहिले फेरि प्रदेश सरकारले हामीलाई नियन्त्रण गर्ने प्रयास गर्न थाल्यो, सत्ताले जहिले पनि आफ्नै भाषा बोलाउन पठाउन खोज्दो रहेछ ।’

पहिले विभेदका विरुद्ध लडेकाहरु नै सत्तामै पुगेर फेरी विभेद गर्न थालेको भन्दै कर्णले गुनासो पोखे ।

नेपाल पत्रकार मँहासघका प्रदेश–२ का महासचिव किरण कर्णले अहिले पनि पत्रकारलाई विभिन्न नाममा सरकारले झुट्टा मुद्धा लगाएर फसाउने प्रयास गरेको बताए । उनले प्रदेश २ सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन ल्याउन खोजको भन्दै आपत्ति जनाएका थिए । साथै क्रान्तिकारी पत्रकार संगठनले गरेको अन्तरक्रियालाई महासघले पनि अनुसरण गर्नुपर्ने बताएका थिए । महासचिव कर्णले तीनवटा सरकारका तीन किसिमका कानुन र रबैयाले पत्रकार एवम् नागरिकहरु हैरान भएको बताए ।

कार्यक्रममा नेपाल बार एशोसियशनका धनुषाका अध्यक्ष रामनेक साहले सरकारको राजनीतिक चरित्र नफेरिएको टिप्पणी गरेका थिए । उनले पटक पटक हुने आन्दोलन त्यसै खेर गईरहेको बताउनुभयो । अध्यक्ष साहले न्यायपालिका पनि निश्पक्ष हुन नसकेको भन्दै सुधारको खाँचो रहेको बताउनुभयो । पछिल्लो समय न्यायिक क्षेत्र बदनाम हुदै गएको भन्दै दुख समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर कार्यालयका निमित्त प्रमुख इन्द्रजीत सोहनीले सरकार मानवअधिकार कुण्ठित गर्न अग्रसर रहेको भन्दै आपत्ति जनाउनुभयो । प्रदेश–२ मा मानवअधिकारको अवस्था दयनीय रहेको भन्दै थप बहसको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रदेश–२ मा शिक्षा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपाका वरिष्ठ सल्लाहकार रामलखन महतोले सरकार निरङकुश बन्दै गईरहेको भन्दै विद्रोह आश्यक रहेको बताउनुभयो । बैज्ञानिक समाजवाद नआएसम्म कुनै समस्या समाधान नहुने उहाँको भनाई थियो ।

बामपन्थी बुद्धीजीवि रोशन जनकपुरीले अहिलेसम्म सरकारले मान्छे हुन नै नदिएको टिप्पणी गर्नुभयो । उहाँ अहिलेपनि मालिक र दासको जस्तो अवस्था रहेको भन्दै मानव बनेको दिनमात्रै मानवअधिकार हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता उग्रनाथ झा, अधिवक्ता हेमन्त कुमार कर्णले सरकारले संविधान कार्यान्वयनमा चासो नदेखाएको भन्दै आलोचना गरे ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालले देशभर सञ्चालन गरिरहेको अभियानको क्रममा जनकपुरमा अायोजना गरेको हो । कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम विष्ट र सचिव सिर्जना तिम्सिना जनकपुर पुग्नुभएको थियो । यसअघि संगठनले ११ जिल्लामा कार्यक्रम गरिसकेको छ । भने भोलि सिन्धुलि कार्यक्रम अायोजना गरिएको अध्यक्ष डुम्रेले बताउनु भयो ।

धनुषाका अधिकारकर्मी,पत्रकार तथा राजनीतिकदल हरुले सँघिय सरकारले जस्तै प्रदेश २ सरकार पनि जनभावना विपरित जान थालेको भन्दै आलोचना गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा धनुषाको जनकपुरमा भएको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर फेरी विभेद गर्न खोजेको भन्दै सरकारको आलोचना गरेका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कर्णले संघीय सरकारले मात्रै नभएर प्रदेश २ सरकारले समेत पत्रकारलाई नियन्त्रण गर्ने गरि कानुन ल्याउन लागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘पहिले केन्द्रले हामीलाई मधेशी भनेर हेप्यो, यिनले मधेशका मुद्धा उठाउँछन् भनेर वास्ता गर्दैन थियो तर अहिले फेरि प्रदेश सरकारले हामीलाई नियन्त्रण गर्ने प्रयास गर्न थाल्यो,सत्ताले जहिले पनि आफ्नै भाषा बोलाउन पठाउन खोज्दो रहेछ ।’

उहाँले पहिले विभेदका विरुद्ध लडेकाहरु नै सत्तामै पुगेर फेरी विभेद गर्न थालेका भन्दै गुनासो गर्नुभयो ।
नेपाल पत्रकार मँहासघका प्रदेश–२ का महासचिव किरण कर्णले अहिले पनि पत्रकारलाई विभिन्न नाममा सरकारले झुट्टा मुद्धा लगाएर फसाउने प्रयास गरेको बताउनुभयो ।

उहाँले प्रदेश २ सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन ल्याउन खोजको भन्दै आपत्ति जनाउनुभयो साथै उहाले क्रान्तिकारी पत्रकार सँगठनले गरेको अन्तरक्रिया महासघले पनि अनुसरण गर्नुपर्ने बताउनु भएको थियोे । महासचिव कर्णले तीनवटा सरकारका तीन किसिमका कानुन र रबैयाले पत्रकार एवम् नागरिकहरु हैरान भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियशनका धनुषाका अध्यक्ष रामनेक साहले सरकारको राजनीतिक चरित्र नफेरिएको टिप्पणी गर्नुभयो । उहाँले पटक पटक हुने आन्दोलन त्यसै खेर गईरहेको बताउनुभयो । अध्यक्ष साहले न्यायपालिका पनि निश्पक्ष हुन नसकेको भन्दै सुधारको खाँचो रहेको बताउनुभयो । पछिल्लो समय न्यायिक क्षेत्र बदनाम हुदै गएको भन्दै दुख समेत व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर कार्यालयका निमित्त प्रमुख इन्द्रजीत सोहनीले सरकार मानवअधिकार कुण्ठित गर्न अग्रसर रहेको भन्दै आपत्ति जनाउनुभयो । प्रदेश–२ मा मानवअधिकारको अवस्था दयनीय रहेको भन्दै थप बहसको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले प्रदेश–२ मा शिक्षा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका वरिष्ठ सल्लाहकार रामलखन महतोले सरकार निरङकुश बन्दै गईरहेको भन्दै विद्रोह आश्यक रहेको बताउनुभयो । बैज्ञानिक समाजवाद नआएसम्म कुनै समस्या समाधान नहुने उहाँको भनाई थियो ।
बामपन्थी बुद्धीजीवि रोशन जनकपुरीले अहिलेसम्म सरकारले मान्छे हुन नै नदिएको टिप्पणी गर्नुभयो । उहाँ अहिलेपनि मालिक र दासको जस्तो अवस्था रहेको भन्दै मानव बनेको दिनमात्रै मानवअधिकार हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता उग्रनाथ झा, अधिवक्ता हेमन्त कुमार कर्णले सरकारले संविधान कार्यान्वयनमा चासो नदेखाएको भन्दै आलोचना गरे ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालले देशभर सञ्चालन गरिरहेको अभियानको क्रममा जनकपुरमा अायोजना गरेको हो । कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम विष्ट र सचिव सिर्जना तिम्सिना जनकपुर पुग्नुभएको थियो । यसअघि संगठनले ११ जिल्लामा कार्यक्रम गरिसकेको छ । भने भोलि सिन्धुलि कार्यक्रम अायोजना गरिएको अध्यक्ष डुम्रेले बताउनु भयो ।

१९ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको