सल्यानमा ४० जना यात्रु बोकेर नेपालगंज देखि रुकुम चौरजहारी जाँदै गरेको बस पल्टियो

पुष १५, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला वजारमा आइतबार दिउसो यात्रु बस दुर्घटना भएको छ । ४० जना यात्रु बोकेर नेपालगञ्ज देखि रुकुम चौहरजारिका लागि हिडेको ना ४ ख ७१४६ नम्बरको वस पल्टिएको हो ।

दुर्घटनामा ठुलो मानवीय क्षेती नभए पनि ५ जना महिला सामान्य घाइते भएका छन् । घाईते हुनेमा रुकुम चौहरजारी १ नविासी वर्ष ३१ कि प्रेमकला न्यौपाने, रुकुम चौहरजारी ५ निवासी वर्ष २६ कि प्रमिला पुन, सोहि स्थानकि वर्ष ३८ कि मिना मल्ल, कुमाख गाउँपालिका वडा ५ निवासी दिलमाया रोकाय, बनगाड कुपिण्डे ५ निवासी बर्ष १३ कि रिता नकाल रहेका छन् ।

घाइते सबैलाई उपचारको लागि सल्लिवजार लिएको छ । सडक नजिकै गाडी पल्टिएको छ भने गाडि चालक फरार रहेको इप्रका सल्लिबजार सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको