सल्यानकाे कुमाखमा ६१ प्रतिशत मत खस्याे

मंसिर १४, सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा भएको उपनिर्वाचनमा ६१.१२ प्रतिशत मत खसेकाे छ ।

रिक्त रहेकाे वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा १ हजार १ सय २४ जनाले मतदान गरेका छन । जसमा कुल मतदाता १ हजार ८ सय ३९ मतदाता रहेका थिए ।

सरस्वती माध्यमिक विद्यालय झारकाँडा रहेकाे मतदान स्थलकाे (क) केन्द्रमा ३ सय १२ महिला र २ सय ८१ पुरुष गरी जम्मा ५ सय ९३ ले मतदान गरेका छन भने (ख) केन्द्रमा २ सय ८८ महिला र २ सय ४३ पुरुष गरी जम्मा ५ सय ३१ जनाले मतदान गरेका छन ।

वडा अध्यक्ष पद लागि भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फबाट गोपाल शाह प्रतिस्पर्धामा छन ।

मतदान सकिए लगतै रागेचौरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने र राती १० बजे भित्र नै त्यसको परिणाम आइसक्ने निर्वाचन अधिकृत हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको