एनटीसीको ‘प्रेमिल अफर’– १२ रुपैयाँ रातभर जतिपनि फोन गर्न पाइने

मङ्सिर १३, काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले आफ्ना प्रयोगकर्ताहरुका लागि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ रुपैयाँमा झारेको छ ।

टेलिकमले यसअघि पनि ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को सुविधा दिने गरेको थियो । तर, यसअघि भने त्यसको मूल्य १५ रुपैयाँ पर्ने गर्थ्यो ।

अब राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति पनि कुरा गर्न सकिने भएको छ ।

एनटीसीले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’को मूल्य १२ मा सीमित पारेको जानकारी दिँदै चिसो रातमा आफ्ना निकट र प्यारा मान्छेहरुसँग भावना साट्न प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको