कसले गायो चर्चित गित ‘चौतारीको बर’ ? [भिडियो]

मङ्सिर १३, काठमान्डौ । गीत सङ्गीत प्रेमीको एउटा लोकप्रिय गीत हो चौतारीमा वर । सायद यो गीत नसुन्ने र नगुनगुनाउने मान्छे कमै होलान, त्यसैले त छ महिनाको अवधिमा नै करोडौं दर्शक को माया पएको छ ।

गीत निकाल्नु मात्र ठूलो कुरा होइन तर जन जन को मनमा पुर्याएर सफल हुनु महत्त्वपूर्ण कुरा हो । कलाकार बन्नु ठूलो होइन लोकप्रिय कलाकार बन्नु महत्त्वपूर्ण हो । पछिल्लो समय करोडौं भ्यूअर पाउने गितहरु कमै हुन्छन, त्यो मध्येको चौतारीको वर पनि एक हो ।

सुमधुर स्वरकि धनी सुमित्रा तामाङ र बिक्रम परियारको सहकार्यमा छ महिनापहिले बजारमा आएको यसगीतको शब्द नकुल ढकालको रहेको छ । वसन्त थापाले संगीत भरेको गीतको मौषम हिमालीले म्यूजिक भिडियोको निर्देशन गरेका थिए ।

रामजी खाण वसन्त थापा र सम्पदा बानियाको अभिनय रहेको यस गीतले करोडौंको माया पाएको अवसरमा गायिका सुमित्रा तामाङ र बिक्रम परियारले सबैमा धन्यवाद ब्यक्त गर्दै आउने गीतमा पनि यसरी नै माया पाउने आशा ब्यक्त गरेका छ्न ।

आफ्नो फेसबूक स्टाटस मार्फत गायिका तामाङले आफ्नो कृतज्ञता यसरी प्रकट गरेकी छिन-

कहाँबाट सुरु गरु कहाँ बाट सम्मान गरौ कहाँबाट सम्झु म अन्योलमा छु गीत बजारमा आउँदै गर्दा बजारमा गीतको चर्चा अली अली कता कता सुनेकी थिए धेरै आनन्द र डर सँग लडेर मनमा आत्म विश्वाश बटुलेकी थिए लगभग ६ महिना को अन्तरालम आज करोड क्लबमा पुगेको देख्दा आनन्द भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरेकी छु म हाम्रो भन्दा पनि जती जना जोडीनु भएको छ हामी सबैको गीत हो गीतमा संगीत गरिदिनु हुने सर्जक तथा गाएक बसन्त थापा दाई, शब्द कोर्नुहुने नकुल ढकाल दाई भिडियोमा साथ दिनुहुने मौसम हिमालि भाई, राम्जी खाड दाई सम्पदा बानियाँ दि क्यामरामा साथ दिनुहुने करण चैसिर दाई एडिटमा साथ दिनुहुने प्रविन भट्ट दाई लगायत सम्पूर्ण टिम प्रति हार्दिक सम्मान साथै शुभकामना पनि ।  पूर्व देखी पश्चिम र पर्देशका कुना कुनामा रहेर बस्नु हुने गीत संगीतलाई माया गर्नुहुने आम् दर्सक स्रोता प्रति पनि धेरै धेरै आभारी छु यो माया समालेर राखेकी छु मसँग सँग संगै दु:ख साथै आवाजमा साथ दिनुहुने बिक्रम पारीयार जि प्रति पनि धेरै आभारी छु। जय चौतारीको बर ।

प्रतिक्रिया दिनुहोस