दैलेखमा हायस दुर्घटना हुँदा ३ को मृत्यु, सात जना घाइते

मङ्सिर १३, दैलेख । दैलेख सडकखण्डमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

फाइल तस्बिर 

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र अन्य सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइते उद्धार गरिरहेको छ । मृतक र घाइतेहरूबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस