शिक्षाका लागि एनआरएनको हेलिकप्टर रोल्पाको स्कूलमा [भिडियो सहित]

मङ्सिर १३, रोल्पा । रोल्पा गंगादेव गाउपालिकाको सिद्धार्थ नमुना माध्यामिक बिद्यालय घोप्टेओढारमा गैर आवासिय नेपाली संघ नेदरल्याण्डको सहयोगमा निर्मित भवन हस्तान्तर कार्यक्रम सम्पन्न भएको थियो ।

असोज १७ गते सुक्रबार एनआरएन नेदरल्याण्डका प्रतिनिधिहरुको उपस्थितिमा पक्कि भवन सुक्रबार हस्तान्तरण भएको थियो ।

हेर्नुहोस भिडियो:

एनआरएन नेदरल्याण्डका निबर्तमान अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य मनोहरि शर्मा, एनआरएन नेदरल्याण्ड नेदरल्याण्ड भूपू अध्यक्ष तथा बर्तमान आइसिसि सदस्य हिमाल गुरुङ, एनआरएन नेदरल्याण्ड बरिष्ठ उपा-अध्यक्ष मिम बहादुर पुर्जा र ब्राजिलियन पाइलट पाब्लो पोखराबाट हेलिकप्टर मार्फत सिद्धार्थ नमुना माबिमा पुगेर भवन हस्तान्तर गरेका थिए ।

भवन हस्तान्तरण गर्ना आएका एनआरएनका पदाथिकारीहरुले बिद्यालयको अक्षकोषमा पनि थप सहयोग गरेका थिए । प्रमुख अतिथि मनोहरि शर्माद्वारा सिद्धार्थ नमुना माविमा अध्यनरत द्वन्दपिडित तथा असाहय, टुहुरा बालबालिकाहरुको सहयोगार्थ अक्षकोषमा ५५ हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए ।

त्यसैगरी विशिष्ट अतिथि हिमाल गुरुङद्वारा ५० हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए । अर्का अतिथि मिम बहादुर पुर्जाद्वारा ५५ हजार ५ सय व्यक्तिगत सहयोग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस