संचारको विकास हुनु नै आम नागरिकको विकास हुनु हो: सांसद सिहं

असोज १२, बझाङ । नेपाल कम्युनिष्ट पाटी नेता तथा बझाङका जिल्लाका प्रतिनिधिसभाका माननिय साँसद भैरव बहादुर सिहंले सञ्चार क्षेत्रको बिकास हुनु नै आम नागरीकहरुको बिकास भएको बताएका छन ।

आईतवार जयपृथ्वी नगरपालीका वडा नँ ८ मा निर्माण भएको सामुदाएक रेडियो जनमुखी एफएम ९७ मेगाहर्जको भवन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन । साँसद सिँहले जनमुखी एफएम ९७ मेगाहर्जले जनताको आवाज भएकाले जनताका भएका कुराहरु जस्ताका त्यस्तै बेल्नुका साथै जिल्लामा भएका भष्टचार, अनियमिताका वारेमा पनि आवाज उठाउनु पर्ने बताए ।

जनमुखी एफएम ९७ मेगाहर्जको भवन प्रतिनिधी सभा साँशद सिहको पहलमा साँशद कोषवाट करीव १० लाखको लागतमा निर्माण भएको हो । त्यस्तै कार्यक्रममा वोल्दै जयपृथ्वी नगरपालीकाकी उपमेयर जुना जाग्रीले सामुदाएक भवन नगरपालीका भित्रकै सवैभन्दा उत्कृष्ट भवन भएको र आगामी दिनहरुमा जिल्लामा भएका पर्यटकिय स्थलको प्रचार प्रसार गर्नुका साथै नगरपालीका भित्र भएका बिकास निर्माणमा भएका राम्रा नराम्रा कुराहरु जनतामाझ जस्ताका त्यस्तै प्रसारण गर्नुपर्ने बताए ।

त्यस्तै रेडियो जनमुखी एफएम ९७ मेगाहर्जका प्रवन्ध निर्देषक सम्राट सिँहले रेडियोको स्थापनाकालदेखी नै समाचार सुचना मनोरञ्जनमा निरन्तर अगाडी बढीरहेको र आगामी दिनहरुमा पनी सदैव अगाडी रहने बताए ।

उद्घाटनमा समारोहमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा संबिधानसभा सदस्य जनक बुढा, समाजसेवी, पत्रकार, बुद्धिजीवी तथा स्थानियवासीहरुको बाक्लो उपस्थीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको