भायनेटले ल्यायो ‘छ क्या लभ्ली अफर’, के-के छन् सुबिधा ?

मंसिर ९, काठमाडौं । नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना  ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले मात्र रु. ३४,००० मा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको XIAOMI REDMI NOTE 8 PRO प्राप्त गर्नेछन् ।

त्यसैगरी रु. २७,७०० मा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र XIAOMI REDMI NOTE 8 प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले रु. १८,७९० देखि Samsung र Skyworth को ३२” देखि ४३” सम्मका LED TV हरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नुहुनेछ । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा FTTH इन्टरनेट सर्भिस शुरुवात गरेको थियो  । भायनेट घरहरु र अफिसहरुलाई FTTH सेवाले जोड्न सफल भएको छ ।

आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको