ट्रेन्डिङ

किन फर्काइयो चीनबाट ४४ नेपाली महिला कामदार ?

साउन ११, काठमाडौं । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् ।

ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरु आइतबार काठमाडौं आइपुग्ने बताइएको छ ।

दूताबासका अनुसार नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएका थिए । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार थालेको थियो ।

चीनका सरकारी निकायसाग सम्वयन गरेर म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको बेइजिङस्थित दूताबासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको