विप्लव नेकपाका नेतालाई अदालतले छाडे पनि प्रहरीले छाडेन

असोज ९, पोखरा । जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको नेकपा कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई विहिबार साधारण तारेखमा छाड्न अादेश दिएकाे छ ।

माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने अादेश दिएकाे हाे ।

राज्यविरूद्धकाे कसुर, सस्ताे बजारमा भएकाे बिष्फाेटन सम्बन्धि र एनसेल टावरमाथि अाक्रमण गरि उपद्राेह मच्चाएकाे समेतका तीन वटा अाराेप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकाे थियाे ।

नेता रूपेशकाे तर्फबाट अधिवक्ताहरू गाेविन्द पाैडेल, सन्ताेष काेइराला, तिलक काेइराला र गाेविन्द अधिकारी समेतले बहस गरेका थिए ।

जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्ने अादेश दिएपनि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई अदालतकाे अादेश विपरीत पुनः गिरफ्तार गरि हिरासतमा लिएकाे छ ।

अदालतकाे अादेशले रिहा गरेपनि पुनः गिरफ्तार गरिए पछि फेरि बेपत्ता पार्न लागिएको हाे कि भन्दै उनका अाफन्तले चिन्ता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको