गीतकार लिम्बुको ‘मायाको डोरी’ सार्वजनिक [भिडियोसहित]

असोज ९, काठमाडौँ । नेपाली सांगीतिक बजारमा संचारकर्मी तथा गीतकार अनुप लिम्बुको शब्दमा रहेको”मायाको डोरीले”बोलको गीत सार्वजनिक भएको छ ।

सुमधुर आवाजको धनि नेपाली अलका याग्निकको नामले परिचीत गायिका अनु चौधरी र चर्चित गायक तथा संगीतकार उत्तम जङ्ग लिम्बुको आवाजमा रहेको छ भने अभिनयमा चर्चित नायिका सारा सिर्पाली र उत्तम जङ्ग लिम्बुलाई फ़िचरिङ्ग गरिएको छ ।

करिव तीन दर्जन बढी गीत रेकर्ड गराईसकेका गीतकार अनुप लिम्बुले आफ्नो पछिल्लो गीतले दर्शक श्रोताको मन जित्ने निकै आशावादी रहेको बताएका छन् । माया प्रेममा आधारित यस उत्कृस्ट गीतलाई युवा निर्देशक बिग्यान राईले निर्देशन गरेका हुन् ।

उक्त गीत दार्जिलिङका विभिन्न रमणीय ठाँउहरमा छायांकन गरिएको छ । कमल राईको कोरियोग्राफी गरेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका छन् । गीतको म्युजिक भिडियोलाई बिग्यान राईले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको