जनयुद्दले फेरेको नेताको जीवनस्तर: जनार्दनकि छोरी अमेरिकामा पढ्दै !

काठमाडौं, १० पुष । उज्यालो नेपाल अभियानमा कुलमान घिसिङको सफलताका पछाडी जनार्दन शर्मालाई पनि लिइन्छ । नेकपा भित्र एक आशा लाग्दो स्थापित नेताको रुपमा परिचित नेता हुन जनार्दन शर्मा ‘प्रभाकर’ ।

तर तिनै देशलाई उज्यालो बनाउछु भन्ने नेता जनार्दन शर्माले आफ्नी छोरीलाई अमेरिकामा पढाउदै आएका छन् । जनताको मुक्ति र उन्नतिका लागि ससस्त्र जनयुद्दमा होमिएका जनार्दन सत्तामा पुगेपछि पारिवारिक शिक्षा दिक्षा र आर्थिक ब्यबस्थापनमा तल्लिन देखिन्छन ।

उसो त उनि मात्रै एक्लो नेता होइनन । बुर्जुवा शिक्षाको ध्वाँस दिने पुर्ब माओबादीका अधिकांस नेताहरुले आफ्ना सन्तानलाई बिदेशमा उच्च शिक्षा हासिल गराई रहेका छन् भने बिकटमा जनताका छोराछोरीहरु शिक्षा नपाएर अन्धकारमा अल्झाई रहेका छन् ।

‘संसदबादी नेताहरुका छोराछोरी अमेरिका तिर पढाउने र जनताका छोराछोरी शिक्षा दिक्षाबाट बन्चित बनाउने’ भन्दै पुरानो व्यबस्थाको बिरुद्द बन्दुक बोकेका/बोक्न लगाएका जनार्दन र अन्य पुर्व माओबादी नेताहरुले आफ्नो सन्तान अमेरिका जापान जस्ता बिकशित देशहरुमा मंहगो खर्चमा आफ्ना सन्तानहरु पढाइ रहेका छन् ।

साम्यवादको नारा लिएर शसस्त्र युद्धमा होमिएका नेताहरु तथा पुँजीवादको विरोध गर्ने नेताहरु त्यहि पुँजीवादको दलदलमा फस्दै गएको उदाहरण यसैलाई मान्न सकिन्छ ।

साम्यबादी व्यबस्थाको मूल मुद्दा बोकेर भएको जनयुद्दको मर्म बिपरित पूर्ण विभेदको ब्यबस्थामा रमाई रहेका पुर्व माओबादी नेताहरुको यस्तो आचारण र ब्यबहारले माओबादी पार्टीलाई समेत धुलोमा मिलाएको विश्लेषण सत्य तथ्य परक छ । यहि विश्लेषणको परिप्रेक्ष्यमा रहेर हेर्ने हो भने माओबादी पार्टीलाई एमालेमा बिलय गराएको सत्य मान्न सकिन्छ ।

पछिल्लो समय नेकपाका नेता जो सुन्दरी प्रतियोगिताको विरोध गर्थे उनीहरुकै छोरी श्रृंखला खतिवडा विश्व सुन्दरी प्रतियोगिता सम्म पुगेर निकै चर्चा कमाइन् । उनका बुवा आमा कम्युनिष्टका नेता हुन् ।

बिकट रुकुममा जन्मिएका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध भने अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग जोडिने भएको छ । अमेरिकामा पढ्ने उनकी छोरी पनि उनैको भाषामा बोलिने बुर्जुवा मोडलिगंमा समेत रुचि राख्ने गरेकी छन् ।

अमेरिका पढ्दै गरेकि छोरीको बिबाह हुने भएपछी पार्टीको बैठकलाई समेत लात हानेर शर्मा अमेरिका पुगे । शर्माको छोरी कविता शर्माको चितवनका आलोकप्रताप राणासँग बिहे हुने भएको छ । उनीहरु बिच विगत केही वर्ष देखि नै प्रेम सम्बन्ध रहँदै आएको थियो । त्यो कुरा प्रभाकर र आलोकको परिवारलाई पहिले देखि नै थाहा थियो र दुई जनाको सम्बन्ध स्वीकार्य थियो ।

उनीहरुबिचको विवाह पछि प्रभाकर अब राँणा परिवारको सम्धी हुने भएका छन् । जनार्दन शर्मा यतिबेलानेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेका लागि अमेरिका पुगेका छन् । कविता र आलोकको चिनजान कलेज पढ्दा भएको थियो । त्यति बेला झाँगीएको दोस्तीले प्रेमको रुप लिएको हो ।

उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेकै बेला देखि नै उनीहरु बिच प्रेम सम्बन्ध गांसिएको हो । त्यस पछि आलोक सातदोबाटोस्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले पनि उनीहरु बिचको सम्बन्ध यथावत थियो। आलोक उता गए पछि कविताले एमबीबीएसको तयारी गरिन् तर सफल नभएपछि उनको एक वर्ष समय त्यसै खेर गयो ।
यसरी कलेजमा सहपाठी रहेका यि दुवै बिच सिनियर जुनियरको सम्बन्ध रहन गयो । आलोक एक ब्याज सिनियर हुन पुग्यो । उनीहरुको निकटस्थका अनुसार यो सबै परिवारको सल्लाहमा भएको हो ।

बिहे गर्दा केटीभन्दा केटो जेठो हुनुपर्ने नेपाली समाजका कतिपय व्यक्तिको सोचअनुसार यो काम भएको उनीहरु निकट श्रोतले जनाएको छ । त्यसपछि आलोक अमेरिकामा पढ्न भनेर टेक्सास गए । कविता पनि उतै लागिन् । त्यस पछि उनीहरु बिचको सम्बन्ध झन झाँगिएर अहिले विवाहको निर्णयमा पुगेको हो । परिवारलाई उनीहरु बिचको सम्बन्ध स्वीकार्य भएकै कारण विवाह अघि नै उनीहरु दुई जनाको नामवाट एउटा कम्पनी समेत दर्ता भएको छ ।

आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले ‘एजे इन्टरनेशनल प्रालि’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोलेका छन् । सो कम्पनीलेदशैं, होलीलगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङसमेत गरेकी छन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् । अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ । उनले अभिनय गरेको ‘कसरी बुझाउँ यो मन‘’ बोलको म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको