विप्लबका ६ वर्षहरु : किन चाहेनन् मुड्भेड ?

कुल सरगम/मङ्सिर ०८, काठमान्डौ । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाको पुनर्गठन भएको आज ६ वर्षहरु बिते । यसै अवसरमा प्रतिबन्धित नेकपाले पार्टी पुनर्गठन दिवश मनाएको छ । देशका विभिन्न भागमा पार्टी कमिटि र पार्टीका भातृसंगठनहरुले फरक तरिकाले दिवस मनाए ।

यतिबेला राज्यपक्षबाट विप्लब नेकपाले ९ महिना देखि प्रतिबन्ध खेपिरहेको छ । यसैबीचमा नेकपाको तर्फबाट १२ जना नेता तथा कार्यकर्ताको मृत्यु भएको छ । पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओली सहित हालसम्म एक हजार भन्दा धेरै नेता तथा कार्यकर्ताहरुले गिरफ्तारी बेहोरे ।

पक्राउपरेकाहरु करिब ५/६ सयको हाराहारीमा अझै हिरासत रहेका छन । राज्यपक्षबाट रिहाई हुने र गिरफ्तार हुने कार्य चलिरहेको छ ।

९ महिना सम्मको निरन्तर प्रतिबन्धका बिचमा पार्टी कमिटिले संगठन सुद्दिकरण पनि गर्यो । केहि दिन अघि नेता तथा कार्यकर्तालाई पदबाट एक स्टेप घटुवा गर्दै संगठनिक सुद्दिकरण गरेको छ । कसैलाई कारबाहीगरि निस्काशन समेत गरेको छ ! केहि नेता तथा कार्यकर्ताहरु पलायन समेत भएका छन् ।

विप्लबले किन चाहेनन् मुड्भेड ?

राज्यको प्रतिबन्ध पछि बिल्पबका १२ जना नेता तथा कार्यकर्ताहरुको मृत्यु हुँदा धेरैलाई लागेको थियो अब देश मुड्भेडमा जाने पक्का छ । दोश्रोपटक गृहयुद्द हुने निश्चित छ । तर ९ महिना प्रतिबन्ध बित्दा समेत त्यसो भएनन् ।

यहि परिस्थितिलाई आंकलन गरेका मानव अधिकारबादीहरु, स्वतन्त्र विश्लेषकहरुले राज्य पक्षलाई र बिद्रोही पक्षलाई सावधानी रहन चेतावानी दिइरहे । लेखक तथा बुद्दिजिबिहरुले खबरदारी गरिरहे । युद्दतिर प्रेरित हुने कुनै पनि पक्षलाई नछोड्ने चेतावनी दिंदै गर्दा दुवै पक्षले सावधानी अपनाएको देखियो । राज्य पक्षभन्दा बिद्रोही पक्ष विप्लब अझै बढी सचेत देखिए ।

स’र्लाही जिल्लाका इन्चा’र्ज कु’मार पौडेल ह’त्या काण्डपछि देश मुठभेड तर्फ जाने निश्चित प्राय थियो । विप्लबले चाहेको भए पौडेलको मृ’त्युलाई आधार बनाएर प्रहरीमाथि आक्र’मण गर्न सक्थे ।

तर विप्लबले साबधानी अपनाउदै हतियारको युद्द लड्ने नभई, कुनितिक वाक युद्द लडे । मानब अधिकारबादी र नागरिक अगुवाईहरुलाई हार गुहार गरे । प्रहरी मुड्भे’डमा पौ’डेलको ह’त्या भएको भन्ने राज्यको आरोपलाई गलत साबित गर्दै, मुड्भेड नभई षड्यन्त्रपूर्ण ह’त्या भएको विप्लबले प्रमाणित गराए । गृहमन्त्री बादलको दमन गर्ने नीति असफल भएपछी सुरक्षा संयन्त्र भित्र खैलाबैला भयो । केहि सुरक्षा कमाण्डको जिम्मेवारी पाएकाहरु कारबाहीमा परे ।

फलस्वरुप मुड्भेडको नाममा विप्लब नेकपा माथि दमन गर्ने राज्यको रणनीतिलाई विप्लबले सचेतता पुर्बक विफल तुल्याई दिए ।

यसकारण विप्लबले युद्द चाहदैनन्, परिवर्तन चाहान्छन भन्ने कुरा राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिलाई संदेश दिए । यदि विप्लबले राष्ट्र र जनताको हितमा नसोचेको भए, राज्यको दमनलाई आधार बनाई आतंककारी गतिबिधिमा समाबेश हुन सक्थे । तर उनले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राजनीतिक शक्ति हो, जसको खाँचो नेपालमा छ भन्ने जबर्जस्त संदेश दिलाए । यो नै विप्लबको राजनीतिक जित हो । राजनीतिक सचेतताका कारण विप्लब मुड्भेड चाहेनन् ।

किनकी संसारका जतिपनि युद्धरु भएका छन् राज्यपक्षको दमनका कारण युद्द भएका छन् । बिगतको जनयुद्द पनि राज्यको दमनका कारण भएको थियो ।

विप्लबलाई फापेको प्रतिबन्ध

राज्यले विप्लब नेकपा माथि गरेको प्रतिबन्धले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा पायो । प्रजातान्त्रिक पार्टीले समेत विप्लब माथिको प्रतिबन्ध अप्राकृतिक भएको टिप्पणी गरे । लेखक तथा बुद्दिजिबि र बौद्धिक सर्कलले राजनीतिक पार्टीमाथिको प्रतिबन्धलाई पंचायती सासनको संज्ञा दिए । उत्तर तिरको छिमेकी राष्ट्रले समेत विप्लब माथिको प्रतिबन्धलाई उचित नभएको प्रतिक्रिया दियो ।

छिमेकी भारतले समेत विप्लबलाई राजनीतिक मुलधारमा ल्याउनु पर्नेमा जोड दिंदै प्रतिबन्धले समस्या समाधान नहुने तर्क राख्यो ।

यसर्थमा कम्युनिष्ट सरकारले एक कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाउदा सत्तामा रहेका कम्युनिष्टहरुको दृष्टिकोणमै गम्भीर समस्या भएको देखियो । प्रतिपक्षदलहरु खेल्ने मार्ग प्रसस्त बने र कम्युनिष्ट सरकारमाथि आम नागरिक र बौद्धिक सर्कलको समेत विश्वासको खडेरी पर्यो । यसले राजनीतिक रुपमा सत्तासिन कम्युनिष्टहरुको हार मान्न सकिन्छ ।

फलस्वरूप सरकारले तय गरेका गुरुयोजनाहरुलाई समेत प्रभावित भए । राजनीतिक अस्थिरताका कारण सरकार संक्रमणकालिन अबस्थामा गुज्रिन बाध्य बन्यो । राजनीतिक घाटा समेत बेहोर्नु पर्यो । यसले विप्लबलाई राजनीतिक फाइदा पुर्यायो ।

प्रतिबन्धको बेफाइदा

प्रतिबन्धका बाफ्जुद विप्लब नेकपाले केहि असफलताहरु पनि बेहोर्नु पर्यो । प्रतिबन्धका कारण हजारौ नेता तथा कार्यकर्ताहरु गिराफ्तारी भए, भौतिक क्षेती समेत बेहोर्नु पर्यो । संगठन बिस्तारमा अबरोध बन्यो । संगठनिक गतिबिधिमाथि प्रतिबन्ध लागेपछि एकीकृत क्रान्तिको मूलमर्म प्रस्ट्याउन असफल रह्यो ।

हेडक्वाटर कै नेताहरुको गिरफ्तारीले योजना फल्यास भए, फलस्वरूप पार्टी योजना कार्यन्वयन नहुँदै ब्याक हुन पुग्यो । नेकपा विप्लब यतिबेला कार्यदिशा बिहिन देखिएको छ । विप्लब भित्र गम्भीर संकट भएको अर्थमा विपक्षीहरु विश्लेषण गर्ने मसलाहरु बनेको छ ।

अन्तमा, पार्टी पुनर्गठन दिवशको अवसरमा विप्लबले भनेका छन्, ‘माओवादी जनयुद्धले जनयुद्ध दिवस दियो । आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी लगभग विसर्जन भयो । पुँजीवादी, दलाल पुँजीवादी, विसर्जनवादी, आत्मसमर्पणवादीहरूले क्रान्तिको घाँटी निमोठेको, क्रान्तिकारी कम्युनिस्ट पार्टी समाप्त पारेको, नेपाललाई दलाल पुँजीवादभित्र थुन्न सफल भएको कल्पना गरेका थिए तर हामीले त्यो परिकल्पनालाई कल्पनामै समाप्त पारिदियौँ ।’

यसरि उनको भनाईलाई अध्यन गर्दा, सैदान्तिक हिसाबले विप्लबले उठाएका मुद्दाहरु सहिछन । तर भबिस्यको लेखाजोखा राजनीतिक कार्यदिशा सहि हुनु र गलत हुनुले नै निर्धारण गर्छ । राष्ट्रिय स्वाधिनता, स्वम्प्रभुत्वको हिसाबले विप्लबले उठाएका मुद्दाहरु प्रति आजका युवाहरु लालाहित देखिन्छन । उनको अबको रणनीतिले कस्तो परिणाम दिन्छन, त्यो भनें हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको