राष्ट्रिय कलाकारहरु जुटे कालापानी जोगाउन (भिडियो)

मङ्सिर ०८, काठमान्डौ । छिमेकी देशद्वारा भुमि लुटिएको पिडा सहन नसकेर यतिखेर कलाकार, बिद्यार्थी, पत्रकार, विभिन्न संघ संस्था र राजनीतिक दलहरु सिमा अतिक्रमण बिरुद्द दबाब दिइरहेका छन् । राष्ट्रिय मूल मुद्दा बनेको कालापानी मिचिएको बिषय यतिबेला दमदार रुपमा उठिरहेको छ ।

यसरि छिमेकी भारतको सिमा अतिक्रमण बिरुद्द राष्ट्रिय कलाकारहरु पनि जुटेका छन् । आफ्नो गित संगीतको माध्यामबाट अतिक्रमण भएको कालापानी फिर्ता गर्न माग गर्दै राष्ट्रिय कलाकारहरुको अभिनय सहितको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

‘सिमानामा हाम्रो माटो मिच्न नखोज, छिमेकीलाई जथाभाबी थिच्न नखोज’ भन्दै कलाकारहरुको एउटा म्युजिक भिडियो युटुबमा आएको छ । म्युजिक भिडियोमा सिमामा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचिएको मुद्दाहरु समेटिएको छ ।

ज्ञानेन्द्र गदलको शब्द रहेको गितमा चेतन सापकोटा म्युजिक दिएका छन् भने गायक यम बराल र गायिका रिता गुंरागाईले आवाज दिएका छन् ।

चर्चित राष्ट्रिय कलाकारहरु म्युकी भिडियोमा अभिनय दिएका छन् । चर्चित हाँस्य कलाकार दिपक राज गिरि, दिपा श्री निरौला लगायत अन्य कलाकारहरु नीर शाह, भुवन चन्द, बसुन्धरा भुषाल, कोमल ओली, शम्भुजीत बास्कोटा, प्रेम राजा महत, अर्जुन जंग शाही, निर्मल शर्मा, बाबा बस्नेत, किरण केसी, यम बराल, आकाश अधिकारी, मोहन निरौला, सुवाष गजुरेल, शिवहरी पौडेल, मणि थापा, सैलेन्द्र शिम्खादा, रामेश्वोर केसी, रामेश्वोर बुर्लाकोटी, कृष्ण ढुंगानाको अभिनय रहेको छ ।

हेर्नुहोस यस्तो छ भिडियो:

प्रतिक्रिया दिनुहोस