स्विडेनमा भारतीय अतिक्रमण बिरुद्द प्रदर्शन, दुताबासलाई ज्ञापनपत्र

मङ्सिर २३, स्विडेन । स्विडेनमा बस्ने नेपालीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमण विरूद्ध प्रदर्शन गरेका छन् । स्विडेनको राजधानी स्टकहोममा भारतीय राजदुताबास अगाडी सुक्रबार शान्तिपूर्ण प्रदर्शन भएको हो ।

गैरआवासीय नेपाली संघ स्वीडेनको आयोजनामा प्लेकार्ड बोकी प्रर्दसन भएको थियो, साथै भारतीय दुताबासलाई कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो भएको जनाउदै एनआरएनले ज्ञापन पत्र समेत बुझाएको थियो ।

ब्याक अफ इण्डिया, कालापानी, लिपुलेक बिलोङ्गस टु नेपाल जस्ता प्लेकार्डहरु बोकेर नेपालीहरुले प्रदर्शन गरेका थिए ।

सिमा जोगाउने स्वाभिमानी कार्यक्रममा एक्याबद्दता जनाउन उपस्थित हुने स्विडेन बासि नेपालीहरु प्रति एनआरएन आइसीसी सदस्य तथा स्विडेनका निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले धन्यबाद दिंदै आभार व्यक्त गरेका छन् ।

बिरोध प्रदर्शन कार्यक्रम अक्टोबर २२ सुक्रम्बारका दिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको