मनै छुने तकसेराका सुमित्रा बुढा मगरको झुम्का वास

असोज ६, पुर्वि रुकुम  पुथाउत्तरगङ्गा गाउँपालीका तकसेराका सुमित्रा बुढा मगरको म्युजिक भिडियो झुम्का वास सार्बजनिक भएको छ । मगर खाम भाषामा रहेको म्युजिक भिडियो मिरर नेपाल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

तकसेरा वरपर छायांकन गरिएको म्युजिक भिडियोमा मगर खाम कला संस्कृतिलाई समेत देखाउन खोजिएको छ । म्युजिक भिडियोमा सुमित्रा बुढा आफैले स्वर  भरेका छन्  भने लय मानबहादुर बराल मगरको रहेको छ ।

परदेशीएको श्रीमानको सम्झनामा आधारित बेदनाले भरिएको म्युजिक भिडियोमा अभिनय आशा बुढा मगर र मिलन घर्ती मगरको रहेको छ ।

झुम्का वास भनेको लेकाली फुलको नाम हो ।

समाचारमा शब्द चयनले केहि गलत अर्थ लागेपछि साच्याईएको छ । सम्पादक

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको