सञ्चारमाध्यमको अभिभावक प्रेस काउन्सिलको ५० औँ बर्षमा के के भयो परिवर्तन ?

सम्झना पौडेल । स्वस्थ पत्रकारिताको विकाससँगै, सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार, व्यावसायिक बनाई प्रेस स्वतन्त्रताको संवद्र्धन र संरक्षणमा महत्वपूर्ण भुमिका खेल्दै आएको प्रेस काउन्सिल नेपालले यस बर्ष आफ्नो ५० औँ बार्षिक उत्सव मनाउँदै छ ।

आज ( असोज ६) बार्षिक उत्सवको अवसरमा काउन्सिलले हालको पत्रकार आचारसंहिता २०७३ लाई परिमार्जन गर्ने भएको छ । बढ्दो सञ्चारमाध्यमको विकाससँगै हाल कार्यान्वयनमा रहेको आचारसंहिताले सबै बिषयबस्तुलाई समेटन नसकेको भन्दै परिमार्जन गर्न लागिएको हो ।

यसअगि ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधित तथा परिमार्जित–२०६४)ले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्न नसकेकाले ‘पत्रकार आचारसंहिता, २०७३’ जारी भएको थियो । हाल कार्यान्वयनमा रहेको पत्रकार आचारसंहिता, २०७३मा प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने, सूचनाको हकको रक्षा गर्नुपर्ने र सत्य तथ्य सूचनाको सम्प्रेषण गर्नुपर्ने लगायत पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा १५ वटा बुँदा तोकिएको छ ।

त्यसैगरी राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने र निजी स्वार्थ पूर्तिका लागि प्रयोग गर्न नहुने लगायतका पत्रकार तथा आमसञ्चार माध्यमले गर्न नहुने १५ बुँदा तोकिएको छ ।

आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार वा आमसञ्चारमाध्यमलाई काउन्सिलले अन्तिम कारबाहीस्वरूप प्रेस पास निलम्बन गर्न सूचना विभागलाई निर्देशन दिन र मूल्याङ्कन वर्गीकरणको प्रक्रियाबाट अलग गर्न सक्ने छ ।

प्रेस काउन्सिल नेपालको इतिहास खोतल्नु पर्दा नेपालमा सबैभन्दा पहिला पत्रकारिताको विकासका लागि राय सुझाव पेस गर्ने उद्देश्यले २०१४ सालमा गठन गरिएको प्रेस कमिसनले २०१५ सालमा पेस गरेको प्रतिवेदनमा पत्रकारले पालना गर्नुपर्ने आचरणका रूपमा १८ बुँदामा नियम प्रस्ताव गरिएको थियो । त्यसलाई नै आचारसंहिताको सुरुवात मानिँदै आएको छ । सोही प्रतिवेदनअनुसार २०२४ सालमा प्रेस सल्लाहकार समिति गठन गरियो । त्यसैको निरन्तरता स्वरूप २०२७ सालमा प्रेस काउन्सिल स्थापना गरिएको थियो ।

त्यसपछि २०२५, २०३३, २०४०, २०४७, २०४९, २०५५,२०६० र २०७३ सालमा आचारसंहिता तयार गरिएको थियो । विश्वमा आचारसंहिताको इतिहासलाई हेर्दा आचारसंहिता निर्माणसँगै त्यसको उल्लङ्घन गर्नेका विरूद्ध उजुरी सुनी कारबाही गर्न सुरु गरेदेखि हालसम्म आइपुग्दा लगभग संसारका सबै देशले पत्रकार आचारसंहिता जारी गरी लागू गर्दै आएको पाइन्छ ।

समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तराष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहमं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । सञ्चारमाध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बन्नु पर्दछ । यहि पेशालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिलको महत्वपूर्ण भुमिका रहँदै आएको छ । सञ्चारमाध्यमले सम्प्रेषण गरेको सूचना, समाचार वा कुनै सामग्रीको सत्य, सन्तुलन नभएमा वा सञ्चारमाध्यमले जानाजान वा अन्जानमा गरेको गल्ती र कमजोरीप्रति मिडियालाई थप जिम्मेवार बनाउनु र पीडितलाई न्यायको अनुभूति गराउनु काउन्सिलको प्रमुख काम हो ।

यस्तै नागरिकलाई सही सूचना प्रवाह गर्न प्रेसलाई मार्गदर्शन गरी स्वतन्त्र पत्रकारिताको प्रबद्र्धन गर्नु , उजुरीहरू लिने, सुनुवाइ गर्ने, स्पष्टीकरण लिने, कारवाही गर्ने वा माफी दिनु पनि काउन्सिलको काम हो । नेपालको सन्दर्भमा आफै अनलाइन खोल्ने,युट्युव चलाउने नाममा मनलाग्दि लेख्ने,बोल्ने,अरुको चरित्र हत्या गर्ने प्रवृत्ति बढ्दो छ ।

आज सञ्चार माध्यले समाजलाई परिर्वनत गर्न खेलेको सकारात्मक कुराले भन्दा नकारात्मक कुराले प्राथमिकता पाउने गरेको भन्दै काउन्सिलले जिल्ला जिल्लामा गई आचारसंहिता सम्बन्धि कार्यक्रम गर्दै आएको छ । प्रेस काउन्सिल नेपालल स्व अनुगमन मात्रै होइन समय÷समयमा, भाषिक पत्रकारिताको अवस्था ,चलचित्र पत्रकारिताको अवस्था,साहित्यिक पत्रकारिताको अवस्था,खेलकुद,पर्यटन,आर्थिक पत्रकारिता लगायतका विद्यागत पत्रकारिताहरुको बारेमा विभिन्न छलफल गर्दै आएको छ ।

पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हा पत्रकारिताको आवरणमा आफुलाई मन नपरेको ब्यक्ती वा सस्थाको इज्यत प्रप्तिष्ठामा खलल पार्ने,कुनै ब्यक्तिको मन्जुरी बिना तस्वीर खिचेर पत्रकारितागर्ने ,समाजमा भ्रम फिजाउने खालका बिषय प्रकासित गरेर अनलाइनलाई हिट बनाउन खोज्नेलाई काउन्सिलले स्पष्टिकरण माग गरी कारवाही गर्ने र अटेर गर्नेलाई अवज्ञाकारीको सूचिमा समेत राख्दै आएको छ । हामिकोमा हिरोइजम ठान्ने पात्रहरुले गर्दा पत्रकारीताको साख घट्दो छ । केही पार्टीका नेता÷कार्यकर्ताको चित्त बुझाउनको लागि पत्रकारिता गर्दैछन ।

कसैले मर्दै नमरेको मान्छेलाई कसैले मर्यो भनेर श्रद्धाञ्जली दिएका छन्। कसैको मृत्यु नहुँदै ठुला हेडलाईन बनाईदिने हतारकारिता नै विकास भैसकेको छ । अर्थात पत्रकारिताको नाममा छाडातन्त्र, मनपरीतन्त्र, अधिनायकबाद लाद्न सक्ने स्वविवेकिय अधिकार झैं ठानेर पत्रकारिता गर्ने प्रचलन बढेसँगै काउन्सिललाई थप चुनौति थपिएको छ ।

यधपि ती सबै प्रकारका चुनौतिहरुलाई चिर्दै जनता माझ आफ्नो साख जोगाउन काउन्सिल सदैव तयार भएर उभिएको छ । काउन्सिलमा हालसम्म सूचिकरण भएका अनलाइन १९००, रेडियो तथा एफएम ८४०, टेलिभिजन १५३ आर्काइभ सिस्टममा २४ सै घण्टा रेकर्ड भैरहेको हुन्छ । काउन्सिलले त्यसैको आधारमा स्व अनुगगमन गर्ने गरेको छ । यस्तै काउन्सिलले यहि श्रावणबाट पत्रपत्रिका व्यवस्थापन प्रणालि अन्र्तगत नियमित पत्रिका ९१२ वटालाई नै ई हाजिरि स्टिममा लगि पिडिएफ बनाएर अप्लोट गराई त्यसैबाट स्व अनुगमन गर्न सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको