ट्रेन्डिङ

  • शनिलाई त्रिभुवन बिमानस्थलमा पन्चेबाजा सहित भब्य स्वागत (भिडियोसहित)

    कार्तिक ४, काठमान्डौ । ‘नेपाल लोकस्टार रियाली सो’का फाईनलिष्ट रोल्पाका शनि बिश्वकर्मा सोमबार बिहान काठमान्डौ आईपुगेका छन । उनी बिहान दाङ तुल्सिपुरबाट फ्लाइटमार्फत त्रिभुवन विमानस्थलमा काठमान्डौमा करिव १० बजे आईपुगेका थिए ।

    शनिका शुभचिन्तक तथा फ्यानहरुले बिमानस्थलमा उनलाई भब्य स्वागत गरेका छन । शनिलाई पन्चेबाजा सहित दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

    बिमानस्थलमा स्वागत ग्रहण गर्दै आफ्ना शुभचिन्तक तथा फ्यानहरुलाई धन्यवाद दिएका थिए । आफुलाई जिताउन धेरै भन्दा धेरै भोटको आबस्यकता परेको बताउदै अझै भोट गर्न अपिल समेत गरेका छन ।

    भिडियो हेर्नुस 

    नेपाल लोकस्टारका प्रतियोगीहरुलाई कार्तिक ८ गते १२ बजेसम्म भोट गर्न सकिने छ ।

    शनिले गृहजिल्लाका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गर्दै भोट मागेर फर्किएका हुन । आइतबार सल्यानको श्रीनगरमा समेत शनिलाई जिताउन भोटमाग्ने कार्यक्रम सम्पन्न भएको थियो ।

    आइएमइ नेपाल लोकस्टारको फाइनल कार्तिक ८ गते सम्पन्न हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    धेरै पढिएको