मजदुरी गर्न भारत गएका सल्यानका एक युवाकाे डेंगुका कारण मृत्यु

असोज ४, सल्यान । मजदुरीका लागि भारत गएका सल्यानका एक युवककाे डेंगु राेगका कारण मृत्यु भएकाे छ ।

भारतकाे राजकोटमा मजदुरका लागि पुगेका बनगाड कुपिण्डे नगरपालिका -७ सिम्तिगैराका २१ वर्षीय नोखिराम नेपालीकाे मृत्यु भएको हाे ।

डेंगु संक्रमित भएपछि उनकाे भारतको राजकोट अस्पतालमा २ हप्ता देखि उपचार भैरहेको थियो । ५ महिना अघि मजदुरीको लागि उनि भारतको राजकोट पुगेको पारिवारिक श्राेतले जनाएकाे छ । त्यहाँ उनले हाेटलमा काम गर्थे । उपचारकै क्रममा गएराती मृत्यु भएको उनका आफन्त खुमबहादुर सार्कीले जानकारी दिएका छन ।

आफ्ना आमा बुवा देखि छुट्टीएर अलग बसेका नोखिरामका २ वर्षीया छोरी र श्रीमति छन् । उनकाे शवलाइ रकमको जोह गरि नेपाल ल्याउने तयारी भैरहेको लोकराज नेपालीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको