देविमन्दिर माविको विव्यस अध्यक्षमा सुन बहादुर


जेठ १७, पोबाङ, रोल्पा । देविमन्दिर माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ५ पोबाङ रोल्पाको विद्यालय व्यवस्थापन समिति सुन बहादुर पुन मगरको अध्यक्षतामा गठन गरिएको छ।

जसको सदस्यहरुमा मनकला खत्री बिष्ट,तिर्सना पुन,तितमा पुन मगर,चन्द्रबिर बिष्ट,भुपेन्द्र खत्री ,पदेन सदस्य अनिशा बिष्ट शिक्षक प्रतिनिधि बिकास पुन,सदस्य सचिव विद्यालयका प्रधानाध्यापक जङग बहादुरलाई चयन गरिको छ । निवर्तमान अध्यक्ष गोपाल पुन नेतृत्वको समितिको कार्य अवधिको यहि जेठ महिना समाप्त भएपछि नयाँ समिति गठन गरिएको हो।

यसको साथै शेरबहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । जसको सदस्यहरुमा मने बिष्ट,कुलबहादुर बुढा मगर ,लाली खत्री ,गजमा घर्ती मगर, अनुषा पुन मगर, सुस्मिता नेपाली, शिक्षक प्रतिनिधि जेनिशा पुन सदस्य सदस्य विद्यालयका प्रधानाध्यापक पुनलाई चयन गरिएको छ।

सुनछहरी गाउँपालिका शिक्षा शाखा प्रमुख बसन्ती कुमारी जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ सुनछहरी गाउँपालिका अध्यक्ष खिमबहादुर बिष्ट, प्रेस सेन्टर नेपाल रोल्पा जिल्ला समिति उपाध्यक्ष जुनिसकुमार बिष्ट,पोबाङ टोल बिकास संस्थाका उपाध्यक्ष तितमा पुन मगर, थनबाङ टोल बिकास संस्थाका अध्यक्ष चन्द्रवीर बिष्ट,निर्वतमान अध्यक्ष नरबहादुर खत्रलगाएतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बालराम केसीले दिनुभएको थियो भने कार्यक्रम संचालन प्रधानाध्यापक पुनले गर्नुभएको थियो ।

यस विद्यालयमा जना विद्यार्थीहरुले अध्ययनरत छन् भने थबाङ गाउँपालिका ५ उवा सुनछहरी गाउँपालिका १ सेरम ,५ थनबाङ धारा टोल,माबाङ टोल, रोल्पाको त्रिवेणी गाउँपालिका अन्य छिमेकी गाउँपालिका कर्णाली प्रदेशको सल्यान जिल्लाबाट गरि झन्डै २ सय ५० जना बिद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयको प्रधानाध्यापक पुनले जानकारी दिनुभयो।

१७ जेष्ठ २०८२, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको