मगर संसार राहतकोषबाट मगर संसारले गरे दुइ अपांगलाई ह्विलचियर हस्तांतरण


मगर संसार राहतकोषबाट मगर संसारले गरे दुइ अपांगलाई ह्विलचियर हस्तांतरण गरिएको छ ।

अनलाइनको माध्यम बाट दिन ,दुखी ,गरीब बिरामी तथा विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आएका मगर संसार फोटो ग्यालरीले २५० जना बढीलाई सहयोग गरीसकेको छ भने करोडौँ रुपिया संकलन गरी हस्तांतरण गरीरहेको अवस्थामा पुनः फेरि २५१ औ सहयोगको रुपमा  मगर संसार राहतकोषबाट माघ महिनाको सहयोग शारिरिक अशक्त रहेका काठमांडू तिलगंगा बस्नु हुने दुइ अपांग ब्यक्तिहरु ३४ बर्षीय महेश माझी र ३६ बर्षीय गुददुराम चौधरीलाई हुइलचियर हस्तांतरण गरेको हो।

मगर संसारका एडमिन मेक्सम राना मगर र रामबाबु मगर साथै हामीलाई सहजीकरण गरिदिनु हुने मगर संसारका सदस्य राज आले मगरको उपस्थितिमा सो ह्विलचियर हस्तांतरण गरियको मगर संसारका अध्यक्ष तथा अभियंता अनिल लामिछाने मगर ले हामीलाई बताउनु भएको छ।

१७ माघ २०८१, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको