मई दिवसमा हुने पोखराको बृहत जनसभालाई विप्लवले सम्बोधन गर्ने


बैशाख १६, पोखरा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले पोखरामा वृहत् जनसभाको आयोजना गरेको छ ।

१३६ औं मई दिवस भब्य रुपमा सफल पारौं, नेपाली विषेशताको समाजवाद प्राप्तिको दिशामा अगाडि बढौं भन्ने मुल नाराका साथ आयोजित जनासभालाई नेकपाका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ ।

पछिल्लो विकसित राजनीतिक परिस्थिति,अन्तर्राष्ट्रिय हस्तक्षेप तथा चलखेल,देशभित्रै देखिएका पुरातनवादी चिन्तन बोकेका समुहको गणतन्त्र विरुद्धको अराजक अभिव्यक्ति र देश भित्र चुलिदै गएको संकट साथै जनताको आशा अपेक्षा लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक समेत गर्ने कार्यक्रम रहेको छ ।

३ बुदे सहमति यता देखिएका बामपंथी चिन्तन र व्यवहारहरुबाट अधिक सचेत रहेका विप्लवले पोखरामा गर्ने सम्बोधनलाई बौद्धिक सर्कलले चासोका साथ हेर्नेछ् ।
कार्यक्रमलाई ऐतिहासिक बनाउन नेकपा गण्डकी प्रदेश ईन्चार्ज एवम् स्थायी समिति सदस्य उमा भुजेल “शिलु” नेतृत्वको टोली गण्डकी प्रदेशको पोखरामा खटिएको छ ।

पोखराको चिप्लेढुंङ्गामा वैशाख १८ दिउँसो ११:३० बजे आयोजना गरिएको वृहत् जनासभा पृथ्वीचोकबाट र्याली सहित शुरु हुने नेकपाले बताएको छ ।

कार्यक्रममा विभिन्न जिल्लाहरुबाट पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहभागी गराउने नेकपाको तयारी छ । कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य शिलु, पिविएम आजाद र आस्था लगायतको नेतृत्वले सम्बोधन गर्ने तयारी रहेको नेकपाका प्रदेश कार्यलय स्रोतले बताएको छ ।

१६ बैशाख २०८२, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको