दल दर्ता गर्न विप्लवले गरे मतदाता नामावली दर्ता


बैशाख १५, काठमाडौं । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रयोजनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको बताएको छ ।

पार्टीको विधान, नियमावली र घोषणापत्र तयार भइसकेको र यसको अन्तिम प्रक्रिया टुंग्याउन आगामी केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने निर्वाचन व्यवस्थापन समिति प्रमुख कर्णजित बुढाथोकी “सुशील”ले जानकारी दिएका छन् ।

दल दर्ता प्रक्रिया पूरा गर्नका लागि नेकपाका महासचिव विप्लवले निर्वाचन आयोग, काठमाडौं पुगेर सोमबार मतदाता नामावली दर्ता गरेको विप्लवका स्वकीय सचीव तथा पार्टी केन्द्रिय सदस्य अडिग बोगटीले जानकारी दिए ।

पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक कागजातहरू तयार गरिसकेको र चाँडै नै दल दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको नेकपाले जनाएको छ ।

१५ बैशाख २०८२, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको