५० शय्याको भालुवाङ अस्पतालको उद्घाटन


वैशाख १५, दाङ । दाङको भालुवाङमा निर्माण गरिएको ५० शय्याको अस्पतालको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार भालुवाङ अस्पतालको उद्घाटन गरेका हुन्।

यसअघि उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी बनाइएको थियो भने अहिले प्रस्तावित ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिएको हो। २०७८ सालमा प्रस्तावित अस्पतालको रुपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो ।

अस्पतालको रुपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन्। अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विशिष्टीकृत अस्पतालको रुपमा संचालन गर्ने गरी योजना अगाडि बढाएको बताए।

मुख्यमन्त्री आचार्यले जनशक्तिको व्यवस्थापन सरकारले गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको जिम्मेवारी अस्पतालले लिने बताए।

दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका केहि पालिकाहरुलाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गरिएको र ती क्षेत्रका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रुपमा संचालन गर्नुपर्ने उनले बताए।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरुबाट विशेषज्ञ सहितको उपचार सेवा पुर्‍याउने गरी अस्पतालरुलाई पूर्वाधार र जनशक्ति व्यवस्थापनमा सरकारले योजना बनाइरहेको समेत बताए।

१५ बैशाख २०८२, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको