देवदहका बिरामी अशोक थापालाई मगर संसारद्वारा रु.६५,१००/- सहयोग प्रदान


देवदहका बिरामी अशोक थापालाई मगर संसारद्वारा रु.६५,१००/- सहयोग प्रदान गरेको छ । आजसम्म मगर संसारको २५० औ सहयोग हो ।

Online ग्रुप मगर संसार फोटो ग्यालरी ग्रूप/पेज द्वारा २५० औ सहयोग सम्पन्न गरेको छ।
रूपन्देही जिल्ला देवदह – ६ दाउने बस्ने २९ बर्षीय अशोक थापा मगर कम्म्मर मुनिको भाग नचल्ने,पूर्ण अशक्त /अपांग रहेको साथै निजलाई कडा निमोनिया र फोक्सो सम्बन्धि रोग लागेर लुम्बिनी प्रादेशी अस्पतालमा उपचार्थ रहेको र उपचारको क्रममा दश लाख भईसकेको र नीजको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेका अशोकको थप उपचारको लागि online मगर संसारबाट संकलन गरेको रु.६५,१००/- रूपिया एक कार्यक्रम बीच सहयोग हस्तांतरण गरेको हो।
सहयोग रकम हस्तांतरण कार्यक्रममा देवदह नगर समितिका बरिष्ठ उपाध्यक्ष किसान थापा मगर, सचिब मिलन मास्की राना मगर ,निबर्तमान अध्यक्ष /सल्लाहकार सोभा थापा मगर,पत्रकार निर्मल एसपी मगर ,सहयोगको लागि बिरामी हामीलाई दिनु हुने स्थानीय भीम आले मगर साथै मगर संसारका एडमीनहरु जस्मिन मगर, अमीर मगर र सागर मगरको उपस्थितिमा सो रकम हस्तांतरण गरेको सहयोग संयोजक अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।

सहयोगीहरु:-

१) प्रेम सारू मगर – देवदह ५ खैरेनी कलुवा रुपनदेही हाल कोरिया 35,000 won

२) स्वर्गीय बाबाको बर्षगाँठको तिथिमा छोरी हुमा लामिछाने मगर द्वारा – अर्घाखाची शितगंगा ६ हाल दुबई रु.३,०००/-

३) साबित्री मगर – सिक्किम रु.२,०००/-

४) शान्ति ढकाल – बुटवल रु.१,०००/-

५) लग पुन मगर – बागलुङ हाल जापान रु.१,०००/-

६) डक्टर नरमाया थापा मगर – पाल्पा आर्याभँज्याङ रु.५,०००/-

७) मेनुका मगर ( जन्मदिनको अवसरमा) – खोटाङ हाल क्रोतिया रु.३,५३८/-

८) मन बहादुर घर्ती मगर – बुटवल हाल कतार रु.२,५००/-

९१ ) यमुना मगर(जन्मदिनको अवसरमा) – ढोरपाटन ५ बाग्लुङ रु.३,३३३/-

१०) नेत्र खपाङ्गी मगर – उदयपुर हाल कोरिया 30,000 won

११) सुबास खाती – सुबास सुनचादी पसल देवदह ५ खैरेनी रुपन्देही रु.२,१००/-

१२) सुमन बराल – देवदह सुन चाँदि व्यवसायी संघको उपाध्यक्ष , प्रो . पाल्पाली सुमन सुन चांदि पसल देववद न पा ५ गोठादि मार्गरुपनदेही रु.२,५०५/-

१३) हेमन्त बुढाथोकी मगर – अध्यक्ष नेपाल मगर युवा संघ रुपन्देही रु.१,०००/-

१४) मन माया थापा मगर – देवदह ५ मिटेरी गाउ रुपन्देही रु.३,५००/-

१५) अंकित थापामगर(जन्मदिनको अवसरमा) – देवदह ५ मिटेरी गाउ रुपन्देही हाल जापान रु.१,०००/-

१६) हुम थापा मगर – बागलुङ काठेखोला २ बसाइ पोखरा हाल korea 30,000 won

१७) मिलन राना मगर – देवदह ४ भवानीपुर रुपनदेही हाल कोरिया 20,000 won

१८) रामु सारू मगर – तिलोत्तमा मंगलापुर रुपनदेही हाल कोरिया 20,000 won

१९) अशिम राना मगर (जन्मदिनको अवसरमा) – देवदह १ राजाबारी रुपनदेही हाल कोरिया 31,000 won

२०) सुमन पुन मगर – देवदह १२ रुपनदेही हाल कोरिया 30,000 won

२१) रीना घर्ती मगर – देवदह ८ बिशालनगर रुपनदेही हाल कोरिया 20,000 won

२२) रेवत घर्ती मगर – देवदह ६ दाउने रुपनदेही हाल कोरिया 35,000 won

२३)फनिराज सिंजाली मगर – अँगखोला पाल्पा हाल कोरिया 25,000 won

२४)भिमा झेडी मगर – देवदह ५ मिटेरी गाउ रुपनदेही रु.५,३००/-

२५) धनिसरा थापा मगर – पाल्पा रिब्दिकोट 6
हाल :मलेसिया इपो पेराक( न्यु पाल्पाली रेस्टुरेन्ट ) रु.२,०००/-

टोटल सहयोग संकलन रु.६५,१००/-
यो सहयोग अभियानमा देश विदेश बाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुमा बिशेष धन्यवाद साथै बिरामी को स्वास्थ्य लाभको कामना गर्दछौं

मगर संसार(Magar Sansar) Photo Gallery

१५ माघ २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको