वैशाख १४, काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो वर्षा भएको छ ।
वर्षासँगै शिक्षकहरू तितरबितर भएपछि आन्दोलन प्रभावित भएको छ। आन्दोलनमा उत्रिएका शिक्षकहरू सडकमै भिजेका छन् ।
पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो । त्यसक्रममा करिब १५ जना शिक्षकहरू घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सिभिल अस्पताल लगिएको छ ।
विद्यालय शिक्षा विधेयकको माग गर्दै शिक्षकहरू तीन साताभन्दा बढी समयदेखि काठमाडौंमा आन्दोलनरत छन् ।
प्रतिक्रिया दिनुहोस