गणतन्त्र सिध्याउन खोजे ०५२ फर्किन्छ – विप्लव


फागुन १३, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गणतन्त्र सिध्याउन खोजे ०५२ साल फर्किने चेतावनी दिएका छन । सहिदहरुको बलिदानीबाट जन्मिएको गणतन्त्रलाई अपव्याख्या गर्न कसैलाई छुट नभएको बताएका हुन् ।

कालिकोट रास्कोटको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले टुक्रिएका माओबादीहरु अब एक हुने उद्घोष गरेका छन् । माओवादीहरु काठमाडौँ पुगेपछि बिग्रिएको स्मरण गर्दै माओबादीहरुको कुरा नमिल्दा पार्टी अलग हुनु परेको बताए ।
‘माओवादी रुपान्तरणसहित एकता आवश्यक छ, महासचिव विप्लवले भने, ‘माओवादी मात्र नभई सिंगो कम्युनिट एकता जरुरी छ त्यो हामीले गर्नेछौँ ।

कालिकोटको जनताले जनयुद्ध र एकीकृत जनक्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उनले फेरी पनि समाजवादी क्रान्तिको यात्रामा साथ लिन आग्रह गरे ।

उनले भने ‘माओवादी उल्टो दिशातिर हिड्ने पार्टी होइन, आफ्ना घर बनाउदै हिड्ने पार्टी होइन, मन्त्री बन्नकै लागि लडेको पार्टी होइन, आफ्नो र अरुलाई छुट्याउने पार्टी होइन, यो जनताको पार्टी हो । जनताको समस्या समाधान दिने पार्टी हो । यो कुरा माओवादीमा नदेखिएपछि अलग भयौँ ।’

उनले आफूहरु बिगार्नका लागि नभई माओवादीलाई बनाउनको लागि लक्ष्य र उद्देश्यमा पुग्नका लागि छुट्टिनु परेको दाबी गरे ।
उनले दमनबाट जनताको कुरा तह लगाउने कार्य नगर्न सरकारलाई चेतावनी दिए । दमनबाट समस्या समाधान हुँदैन, दलालहरुको चकचकी बढदो छ, पाथीभरामा दमन गरिएको छ, भ्रष्टहरुलाई कार्वाही गर्दा प्रतिबन्ध लगाइएको थियो, यस्तो दमनले समस्या समाधान हुँदैन, ।

महासचिव विप्लवले तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न पनि माग गरे । सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर बेइमानी गरेको टिप्पणी गरे ।

नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको सहि निकास भएको भन्दै उनले समाजवादी मोर्चामा भएका दलहरु समाजवाद ल्याउने दिशामा लागेको बताए । समाजवादका लागि सबै शक्तिहरुलाई एकताबद्ध विशेष अपिल गरे ।

१४ फाल्गुन २०८१, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको