बैतडी केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का महसुस


जेठ ९, बैतडी । बैतडीमा दुई भूकम्पको धक्का महसुस भएको छ ।

बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे ५.१ र २:०० बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले बताए ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको बताईएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।

९ जेष्ठ २०८२, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको