स्याउँ रोप्न आएका विप्लवलाई जुम्ली जनताको भव्य स्वागत [फोटोफिचर]

सी व्यापार केन्द्रमा जुम्लाको मार्सी चामल, कोदो र फापरको माग अत्याधिक छ: विप्लव


फागुन १०, जुम्ला । स्याउँ रोप्न जुम्ला आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव सी” लाई जुम्ली जनताले भव्य स्वागत गरेका छन ।

फागुन ११ गते जुम्लाको हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई शुक्रबार साझ नेकपा जुम्ला, नेताकार्यकर्ता तथा स्थानीय जनताले स्थानीय झाकी, बाजागाजा र फुलमालाले भव्य स्वाग गरेका हुन ।

महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, महासचिव विप्लवको जीवनसंगीनी सहितको टिमलाई जुम्लाका जनताले भव्य स्वागत गरेको नेकपाका जुम्ला जिल्ला ईन्चार्ज विर्ख बहादुर शाहि ‘प्रभाजित सी’ले जानकारी दिए ।

स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषीमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताएका छ्न ।

उनले भने- “पहिला नेता र कार्यकर्ता उत्पादनमा आत्मनिर्भर हुनुपर्छ, त्यसपछि जनतालाई आत्मनिर्भर बनाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्छ ,

यस्तै विप्लवले जुम्लामा एक बर्षअघि स्याउँ रोप्दा देशैभर हल्लाखल्ला मच्चिएको बताए । महासचिव विप्लव एकवर्ष अघि मात्र जुम्लाको धाँचुगाउँमा पार्टीको उत्पादन नीतिअनुसार स्याउ रोप्न पुगेका थिए ।

उनले जुम्लाको स्याउ मात्र नभएर मार्सी चामल, कोदो र फापरको नेकपाले खोलेको सी व्यापार केन्द्र काठमाण्डौमा अत्याधिक माग भएको बताए ।

विप्लवले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषी उत्पादनमा लाग्न आग्रह गरे । विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गरे । उनले न्यानो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद समेत दिए ।

नेकपाको केन्द्रिय उत्पादन विभागको आयोजनामा जुम्लामा आईतबार करिव १ हजार बढि स्याउँको बोट रोप्ने कार्यक्रम रहेको नेकपाका केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।

१० फाल्गुन २०८१, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको