असार ६, दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ- सल्यान सडकखण्डमा पहिरो खस्दा अबरुद्ध भएको छ ।
विहिवार राती करिव ९ बजेतिर कपुरकोट-तुलसीपुर सडकखण्डको चोरखोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको सडक डिभिजन कार्यलय दाङले जनाएको छ ।
पहिरो सफा गर्ने कार्य भइरहेको र केही समयमा सवारी आवागमन सुचारु हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिरो जुनसुकै समयमा जानसक्ने र सवारी आवागमन अवरुद्ध हुनसक्ने भएकोले आत्यावश्यक अवस्थामा बुझेर मात्र यात्रा तय गर्नुहुन अनुरोध गरिएको छ ।
यस्तै सडक डिभिजन कार्यालयले साना सवारी साधनले उपयुक्त वैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरेको छ ।
कपुरकोट नजिकै यसअघि पनि पहिरो खस्दा पटकपटक सडक अबरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस