चैत्र ७, रोल्पा । गंगादेव गाउँपालिकामा कक्षा ८ को पालिका स्तरीय बार्षिक परिक्षा आज देखि संचालन भएको छ । एसईई परिक्षासंगै कक्षा ८ को बार्षिक परिक्षा पनि संचालन भएको हो।
गंगादेव गाउँपालिकाको शैक्षिक नतिजालाई एकरुपता बनाउन प्रत्येक वडामा परिक्षा केन्द्र निर्धारणगरि संचालन गरेको छ।
गाउँपालिकामा प्रत्येक वडामा एकवटा केन्द्र रहनेगरी सबै ७ वटा केन्द्र निर्धारण गरिएको छ । उक्त केन्द्रहरुमा आधारभूत तह (कक्षा ८) का स्थायी शिक्षकहरुलाई केन्द्राध्यक्ष तोकिएको छ भने आधारभूत तह (कक्षा -५) का स्थायी शिक्षकहरुलाई होम सेन्टर नपर्नेगरि गार्डको व्यवस्था गरिएको गंगादेव गाउँपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम बस्नेतले पोष्टपाटीलाई बताए।
बस्नेतका अनुसार कक्षा ८ का जम्मा ६ सय ७८ बिद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् । परीक्षालाई मर्यादित बनाउन गाउँपालिका र परिक्षा समितिले नियमित अनुगमन गरिरहेको गंगादेव गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
बार्षिक परिक्षा पेपर र उत्तर पुस्तिका गाउँपालिकाले निर्माण गरेको छ भने परिक्षा जाँच पनि पालिकाले नै व्यवस्थापन गरेको जनाइएको छ ।
एसईईको परिक्षा बिहान ८ बजे देखि ११ बजे सम्म संचालन भैरहेको छ भने कक्षा ८ को परिक्षा दिउसो १ बजे देखि ३ बजे सम्म संचालन भैरहेको छ ।
गंगादेव गाउँपालिकामा दूईवटा केन्द्रमा एसईई परिक्षा संचालन भैरहेको छ। चार वटा विद्यालय सहभागीता सहितको केन्द्र रहेको गंगा मा.वि. चौतारामा नियमित तर्फ १ सय ८१ बिद्यार्थी रहेका छन, भने पुरक तर्फ ६२ विद्यार्थी गरि जम्मा २ सय ४३ विद्यार्थीहरु परिक्षामा सहभागी रहेका छन् । त्यसिगरि ५ वटा विद्यालय सहभागीता सहितको केन्द्र जीवन ज्योति मा.वि. देउल टाकुरामा नियमित तर्फ १ सय ८४ विद्यार्थी रहेका छन् भने पुरक तर्फ ६० विद्यार्थी गरि जम्मा २ सय ४४ विद्यार्थीहरु परिक्षामा सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस