टी-२० सिरिजमा आज नेपाल र नेदरल्यान्डस् खेल्दै


काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टि ट्वान्टी आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सले खेल्दैछन् ।

ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ।

सिरिजको पहिलो भेटमा सोमवार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याड्स विजयी भएको थियो।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।

४ असार २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको