मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै


असार ५, काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

प्रधानमन्त्री ओलीका स्वकीय सचिवालय सदस्य दीपेन्द्र दाहालका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो २ बजे छलफल हुन लागेको हो ।

उनका अनुसार बुधबारका लागि तय भएको बैठक माओवादी अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो ।

४ असार २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको