यी ५६ जिल्लामा सतर्कता अपनाउन बाढी महाशाखाको आग्रह


असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ५, बिहीबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने अधिकांश नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

सबै प्रदेशमा पानी पर्ने, चारवटामा धेरै भारी वर्षा पनि हुने

यसैगरी आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश नदीमा बहाब सामान्य बढ्ने अनुमान रहेकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

विस्तृत जानकारी

४ असार २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको