विप्लवले अर्घाखाँचीमा अकबरे खुर्सानी रोप्दै



वैशाख ५, रुपन्देही ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’अर्घाखाँचीको शीतगंगामा अकबरे खुर्सानी लगाइरहेका छन् । शीतगंगा नगरपालिका-११ मान्द्रेस्थित कृषि जनकम्युनमा महासचिव विप्लव, उनका निजी सचिव अडिग बोगटी लगायत १५ जना टोलीले अकबरे खुर्सानी रोपिरहेका छ

देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने पार्टीको नीति अनुरूप नेकपाले देशभर उत्पादन अभियानलाई व्यापक बनाएको केन्द्रिय सदस्य अडिग बोगटीले बताए । अर्घाखाँची पुगेका विप्लवले खुर्सानी रोप्दै सामूहिक व्यावसायिक उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको बताए । ‘आत्मनिर्भरताका लागि यो कार्य अनिवार्य छ । अनि मात्र देश समृद्ध हुन्छ’, विप्लवले भने ।

कहिले कपिलवस्तुमा धान रोपिरहेका हुन्छन् भने, कहिले जुम्लामा स्याउका विरुवा रोप्दै गरेको देखिन्छन् । केही अगाडि कालीकोट पुगेर भेडा फर्म उद्घाटन गरेका विप्लवले पछिल्लो ३ हप्ता पूर्वी नेपालको राजनीतिक एवं सांगठनिक भेटघाट र काठमाडौंमा समाजवादी मोर्चा लगायत पार्टीका विभिन्न कार्यक्रममा बिताए । त्यसपछि कपिलवस्तु फर्किएका विप्लव सचिवालय टोली लिएर शिवगढी केन्द्रीय कार्यालयबाट झन्डै २० किलोमिटर टाढा पार्टीले सञ्चालन गरेको जनकम्युन सीमा पुगेका छन् ।

५ बैशाख २०८२, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको