सल्यानमा पुरुष मृत फेला

फाईल तस्विर


वैशाख ५,सल्यान ।
सल्यानमा एक पुरुष मृत फेला परेका छन । जिल्लाको दार्मा गाउँपालिका ४ पुखातमा शुक्रबार साँझ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत फेला परेका पुरुष बागचौर नगरपालिका ४ का अन्दाजी ५५/५६ वर्षीय डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार वली छोराको ससुरालीमा तिथिको भात खान शुक्रबार बिहान पुगेका थिए । उनि फर्किने क्रममा घर देखि आधा घण्टा टाढाको दुरीमा चोटपटक नलागेको अवस्थामा बाटोमै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको उनले जानकारी दिए । वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

५ बैशाख २०८२, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको