मगर संसारले यही बैशाख १९ गते स्व.टुक ब.निवास हस्तांतरण गर्ने भएको छ ।
स्याङ्जा चापाकोट ३ पीपल डांडा जन्मेका हाल रूपनदेही जिल्ला देवदह ७ सितलनगर निवासी हाल कोरिया कार्यरत मगर संसारका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता अनिल लामिछाने मगर ज्युको बिशेष सक्रियतामा मगर संसार द्वारा गरीब परिवारको लागि घर निर्माण गरेको हो।
२०८१ माघ १५ गते सहयोग अभियानको क्रममा निधन भएका क्यान्सर रोगबाट ग्रसित स्याङ्जा चापाकोट ३ पीपलडांडा निवासी ६३ बर्षीय टुक ब.विर्कट्टा मगरको जीर्ण रहेको घर मर्मत गरी गाउले डिजाइनमा ३ कोटे घर निर्माण गरेको हो
घर निर्माण सहयोग संकलनबाट गरीएको र मगर संसार बाट यही २०८२ बैशाख १९ गते शुक्रवार हस्तांतरण गर्ने संयोजक अनिल लामिछाने मगर ले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस