मगर संसारको पहलमा म्याग्दीका मृगौला पिडितलाई आर्थिक सहयोग


मगर संसारको पहलमा म्याग्दीका मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । यो मगर संसार द्वारा प्रदान गरिएको २५३ औ सहयोग हो ।

अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुप/पेजद्वारा संकलित सहयोग रकम आर्थिक अभाबले उपचार गर्न कठिन परेका दुबै मृगौला पिडित म्याग्दी जिल्ला अन्नपूर्ण ४ गाड़पार निवासी २५ बर्षीय आशिष गर्बुजा मगरलाई रू.३१,११६ /- रुपिया हस्तांतरण गरियो।

सहयोग रकम मगर संसारका सदस्य आदरणीय समाजसेवी तथा ब्यवसाही सुमित्रा गर्बुजा मगर ज्युको हातबाट हस्तांतरण गरेको हो। यो अभियानमा निकै साथ दिनु हुने सुमित्रा गर्बुजा लाई विशेष धन्यवाद समेत ब्यक्त गर्दछौं।

सहयोगीहरु:-
१) सुजन थापा मगर – गैडाकोट ३ नवलपुर रू.५०५/-

२) धनराज लामिछाने राना मगर – इलाम देउमाई ५ रू.१,००१/-

३) कोपीला खाती क्षेत्री – पोखरा लामाचोर रू.५००/-

४) मिना रोका मगर र दिलीप जुग्जाली मगर – अन्नपूर्ण ४ म्याग्दी हाल डेनमार्क रू.१०,०००/-

५) गमान छन्त्याल र बिमला छन्त्याल – म्याग्दी रघुगंगा ८ रू.५,०००/-

६) साइप्रस बाट शांति फगामी मगर ( अन्नपूर्ण ४ म्याग्दी ) र इन्द्र श्रीस मगर (तनहु) – रू.८,६१०/-

७) कृष्ण पुन मगर द्वारा नाति लियो आले मगर को जन्मदिनको अवसरमा – म्याग्दी अन्नपूर्ण ५ पाउद्वार हाल बेलायत निवासी – रू.५,५००/-

टोटल सहयोग रू.३१,११६/- मात्र
सहयोगी मनहरू बिशेष धन्यवाद साथै बिरामीको स्वस्थ लाभको कामना गर्दछौ।
मगर संसार फोटो ग्यालरी परिवार

५ फाल्गुन २०८१, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको