बैशाख ३, दाङ । उच्च अदालत तुलसीपुर दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरमा रहेको बबई नदीमा हुँदै आएको मोटरबोट सञ्चालकसहित उपमहानगरपालिकालाई १५ दिनमा कारण पेश गर्न आदेश गरेको छ ।
बबई नदीमा चैतको अन्तिम हप्तादेखि शुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन अदालतले कारणसहित उपस्थित हुन भनेको हो ।
तुलसीपुर–११ का युवा रोहित न्यौपानेले अनधिकृत रूपमा बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर सम्बन्धित ठाउँबाट कुनै अनुमति नलिई मोटरबोट सञ्चालन गर्दै आएको हुँदा त्यो रोकिनुपर्ने मागसहित निबेदन दिएका थिए ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि मंगलबार लिखित आदेश जारी गर्दै मोटरबोट सञ्चालन रोक्न आदेश दिएका थिए ।
यस अघि पटक–पटक मौखिक आदेश दिदा पनि अटेरी गरेर सञ्चालन गरेपछि मंगलबार लिखित आदेश नै दिनुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस