विप्लवले कपिलवस्तुमा नेता-कार्यकर्तालाई प्रशिक्षण दिंदै (फोटो फिचर)


माघ ३, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सुरु भएको छ । नेकपाका लुम्बिनी प्रदेशका १० जिल्लाका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमलाई नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव सी’ले राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएका छन ।

प्रशिक्षण कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्यहरु सन्जिव सी, आदर्श सी, असल सी, भेषराज सी, कृति सी, विजय सी, नेकपा केन्द्रिय सल्लाहकार सुन्दर सी, केन्द्रिय सदस्य विजय सीको आतिथ्यता रहेको छ । त्यसैगरि केन्द्रिय सदस्यहरु, केन्द्रिय प्रतिनिधि सदस्यहरु र सामना सांस्कृतिक परिवार र जनपत्रकारहरु गरि करिव ११ सयको संख्यामा उपस्थित रहेको नेकपाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको सभाअध्यक्ष नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष बुढा ‘विषम सी’रहेका छन् भने कार्यक्रमलाई पोलिटब्युरो सदस्य प्रज्वलन सीले सहजीकरण गरिरहेका छन् । प्रशिक्षण कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई पोलिटब्युरो सदस्य सन्जिव सीले स्वागत मन्तव्यले स्वागत गरेका थिए ।

कार्यक्रमको विच-विचमा सामाना सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्तुति दिरहेको खबर प्राप्त भएको छ ।

दृश्यहरु

३ माघ २०८१, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको