रोल्पामा खर काट्ने क्रममा भिरवाट लडेर ३३ बर्षीया महिलाको मृत्यु

फाईल तस्वीर

माघ १, दाङ । रोल्पामा खर काट्ने क्रममा सोमबार भिरबाट लडेर एक जना ३३ बर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका – ५ गर्मी गाउँकी ३३ बर्षीया संगिताकुमारी थापाको भिरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय प्रतिकुञ्जरी सामुदायिक वनमा बिहान साढे ९ बजेतिर खर काट्ने क्रममा थापा भिरबाट एक सय मिटर तल लड्न पुगेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

१ माघ २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको