पूर्वमुख्यमन्त्रीसहित उडेको केहीबेरमै दुर्घटनामा पर्‍यो एयर इन्डियाको जहाज (भिडिओ)


जेठ २९, काठमाडौं । भारतमा जहाज दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव निकालिएको छ।

एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:३८ बजे बेलायतका लागि उडान भरेको थियो। जहाज टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दैनिक भास्करले जहाज उडेको दुई मिनेटमै दुर्घटना भएको उल्लेख गरेको छ । हिन्दुस्तान टाइम्सले टेकअफको पाँच मिनेटमा जहाज दुर्घटना भएको उल्लेख गरेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडिओमा उडिरहेको जहाज आफै तल खसिरहेको देखिन्छ। त्यसपछि घरमा ठोक्किएको दैनिक भास्करको समाचारमा उल्लेख छ।

जहाजमा २ जना पाइलटसहित क्याबिन क्रू का १० सदस्य र २३० यात्रु थिए। हिन्दुस्तान टाइम्सको समाचारमा जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपणी सवार थिए भनिएको छ।

दैनिक भास्करले पनि जहाजमा रहेका यात्रुहरुको सूची सार्वजनिक गरेको छ। जसमा विजय रूपणीको नाम उल्लेख छ। उनी पूर्वमुख्यमन्त्री नै हुन् कि अरू नै व्यक्ति हुन् भन्ने पुष्टि हुन बाँकी छ। घटनास्थलमा उद्धारकर्मीहरू खटिएका छन्।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुस

२९ जेष्ठ २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको