जेठ २६, रोल्पा । अभिभावक शिक्षा कार्यक्रम तथा विद्यार्थीहरुका लागि हस्तलेख्न सिप तालिम शाखा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका १ फुलिवनमा उद्घाटन गरिएको छ।
विद्यालयको आफ्नै आर्थिक श्रोतबाट आयोजना गरिएको तालिमको उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तबहादुर वि.क.ले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा सुनछहरी गाउँपालिका १ नम्बर वडा सेरमका निवर्तमान वडा अध्यक्ष एवं विद्यालयका सल्लाहकार समिति संयोजक महाविर राना मगर ( सुनिल ) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य पुर्ण गोतामे, वडा सदस्य आशपुरे घर्ती मगर, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बासे वि.क.,रौनेधुरी युवा समुह्का अध्यक्ष मोहन आग्री, लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयको सेवाक्षेत्र सुनछहरी गाउँपालिका ५ थनबाङ, सुनछहरी गाउँपालिका १ गेमखोला, सोनारे, फुलिवन, बाछेमडाडा,झङकी लगाएतको बस्तीहरुबाट अभिभावकहरुको सक्रिय सहभागीता रहेको थियो ।
अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षण तुलबहादुर डाँगीले दिनुभएको थियो भने विद्यार्थीहरुको लागि हस्तलेखन सीप तालिमको प्रशिक्षक सन्दीप थापाले दिनुभएको छ । उक्त तालिम एक हप्तासम्म चल्ने विद्यालयका प्रधानाध्यापक खिमबहादुर बिष्टले बताउनुभयो ।
साथै कक्षा ५ र ८ का विद्यार्थीहरुका अभिभावकहरु, विद्या लय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी आर्थिक समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, प्रधानाध्यापकलगाएत सङ्ग विद्यालयका कक्षा शिक्षक, विषय शिक्षकहरुले अन्तरक्रिया समेत गरेका छन।
विद्यालयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका उप सभापति ध्रुव चन्द्र पुनमगरले अवलोकनसमेत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य सहाय प्रधानाध्यापक कमल घर्ती मगरले दिनुभएको थियोे भने संचालन प्रधानाध्यापक बिष्टले गर्नुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस