जेठ २६, काठमाडौं । चार वटा हाइड्रोपावर कम्पनीको असार महिनाभित्र स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ ।
विन्ध्याबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको हो ।
लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उही मूल्यमा कारोबारमा आउँछन् । विन्ध्यबासिनी हाइड्रोपावरको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ ।
त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभावित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।
हिमालयन हाइड्रोपावर कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको हो ।
प्रतिक्रिया दिनुहोस