जेठ २५, राेल्पा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी-४, स्यूरी राेल्पाकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा पुन: रण बहादुर घर्तीमगर चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिकाे ३ बर्षे कार्यकाल सकिएकाले शनिबार अभिभावक भेला गरि व्यवस्थापन समिति पुन: गठन गरिएकाे हाे । समितिकाे अन्य सदस्यहरूमा मन कुमार घर्तीमगर, कुले घर्तीमगर शिक्षा प्रेमि, पुर्ण बुढा अभिभावक , मनमता परियार अभिभावक , मनु विक अभिभावक , जग बहादुर विक पदेन सदस्य कलावति बुढा शिक्षक प्रतिनिधि राजकुमार रानामगर सदस्य सचिव चयन भएका छन् ।
भेलाले गाैबिर घर्तीमगरकाे अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेकाे छ । विद्यालय व्यवस्थापन समितिकाे कार्यकाल ३ बर्षकाे हुन्छ भने शिक्षक अभिभावक संघकाे कार्यकाल २ बर्षकाे हुने व्यवस्था छ ।
अभिभावक भेलामा विद्यालकाे बार्षिक तथा विद्यालय व्यवस्थापन समितिकाे ३ बर्षे कार्यकालकाे समीक्षा समेत गरिएकाे छ । ३ बर्षकाे प्रगति प्रतिवेदन पेश गर्दै प्रधानाध्यापक राजकुमार रानाले विद्यालयले शैक्षिक उपब्धि क्रमिक रूपमा सुधारउन्मुक रहेकाे बताएका छन् ।
शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शिक्षकका रूपमा विद्यालयले माध्यमिक तह संघिय अनुदानमा कार्यरत अँग्रेजी शिक्षक इश्वरी भट्टराइलाई सम्मन गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस