बैशाख २१, दाङ । दाङ तुलसीपुर उप-महानगरपालिका–६, रजौरा स्थित हिमाल एकेडेमीका शिक्षकमाथि आक्रमण गर्ने अभियुक्त पक्राउ परेका छन्।
गएकाे शुक्रबार करिब १० बजेतिर आक्रमण गरेर फरार रहेका तुलसीपुर–४, रक्षाचौर निवासी २१ वर्षीय सुरेश बिकलाई प्रहरीले शनिबार साँझ पाैने ९ बजेतिर नियन्त्रणमा लिएकाे हाे ।
तुलसीपुर–४, हलुवारस्थित सडकबाट उनलाई पक्राउ गरिएकाे हाे । उनले साेही विद्यालयका शिक्षक विशेष श्रेष्ठमाथि खुडा प्रहार गरेका थिए । खुडा प्रहार हुँदा श्रेष्ठ घाइते भएका छन्।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस