रोल्पामा रुख काट्ने क्रममा मुढाले च्यापिएर एक महिलाको मृत्यु

फाइल तस्बिर

जेठ २०, रोल्पा । रोल्पामा रुख काट्ने क्रममा मुढाले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिव पौने ४ बजेतिर लुङ्ग्री गाउँपालिका ६ उपल्लो गुम्चालकि २६ बर्षीय प्रतीक्षा बुढाथोकीको मृत्यु भएको हो ।

स्थानिय कालिमाटी सामुदायिक बनमा उपल्लो गुम्चालकै निल बहादुर विष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ ।

मृतक बुढाथोकीका श्रीमान वैदेशिक रोजगारमा गएको बताइएको छ । रुख काट्न गएका निल बहादुरलाई नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

२० जेष्ठ २०८२, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको