दाङमा बन्दको समयमा कालो प्लेटलाई रातो प्लेट बनाएर गाडी चलाएपछि…


जेठ २०, दाङ ।  दाङको तुलसीपुरमा बन्दको समयमा कालो प्लेटलाई रातो प्लेट बनाएर चलाउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश–०१–०३१ ज ९५५१ नम्बरको कालो प्लेटको सार्वजनिक गाडीलाई बागमती प्रदेश–०१–०३१ च ९५५१ नम्बरको रातो प्लेटको निजि गाडी बनाएर चलाइरहेको पाइएपछी उक्त गाडीलाई नियन्त्रणमा लिइएको हो ।

आज यातायात व्यवसायीहरुले सार्वजनिक गाडी पुर्ण रुपमा बन्द गरिरहेको अवस्थामा निजी नम्बर राखेर यात्रु बोकिरहेको पाइएपछी गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्द छल्नका लागी नम्बर प्लेट परिवर्तन गरेर चलाएको पाइएको छ ।

सुर्खेतबाट चितवनका लागी यात्रु बोकेर छुटेको उक्त गाडी चार्ज गर्नका लागी तुलसीपुरको चार्जीङ स्टेसनमा जादै गरेको अवस्थामा बन्दकर्ताहरुले फेला पारेका हुन् । तुलसीपुरको गुम्रा चोकमा सडकमा खटिएका यातायात व्यवसायीहरुले संका लागेर चेकजााँच गर्ने क्रममा गाडीमा नम्बर प्लेट परिवर्तन गरेको पाइएको यातायात व्यवसायी टंक प्रसाद खरेलले जानकारी दिनुभयो ।

बन्दको समयमा कालो प्लेटको गाडी चलाउन दिदैन भनेर बाठो बुद्धि गरेर रातो बनाएको पाइएको उहाँले बताउनुभयो । गाडी प्रहरीले नियन्त्रणमा लिएपछी त्यसमा सवार यात्रुहरु अलपत्र परेका छन् ।

२० जेष्ठ २०८२, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको