जेठ १९, रोल्पा । सिकाई आपुरण तथा द्रुत सिकाई योजना कार्यान्वयन सम्बन्धी शिक्षकका लागि अभिमूखिकरण कार्याशाला सम्पन्न भएको छ ।
विपदका समयमा सिकाई निरन्तताका लागि सिकाई आपुरण तथा द्रुत सिकाई याेजना (रियल) कार्यान्वयन सम्बन्धी शिक्षकहरुका लागि २ दिने अभिमुखिकरण कार्यशाला त्रिवेणी गाउँपालिकामा सम्पन्न भएकाे हो ।
त्रिवेणी गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा आइतबार र सोमबार २ दिन सम्म संचालन भएको तालिममा विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उदेश्य रहेको थियो । त्रिवेणी गाउँपालिकामा रहेको ३१ वटा सामुदायिक विद्यालयबाट एकएक जना शिक्षकहरु गरी ३१ जनाको सहभागिता रहेको थियो।
तालिममा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाई क्षतिको अवस्था, सिकाई स्तर पहिचान गर्न तरिका र साधनको परिचय र प्रयोग, सिकाई स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधानको प्रयोग गरी विद्यार्थीको सिकाइ परिक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाई स्तर परिक्षण अभ्यास, विद्यार्थी सिकाई स्तरको अभिलेखिकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयबस्तुको छनौट, सिकाई आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, कार्यान्वयनको योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाईको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको बिषयमा तीन दिन सम्म प्रस्तुती तथा छलफल गरी योजना निर्माण गरिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले गाउँपालिकाको शिक्षा क्षेत्रमा सुधार हुदै गएको बताउनु भएको छ । तालिमलाई उपलब्धीमुलक बनाउन आग्रह गर्नु भएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि तालिमले सहयोग पुर्याउने अपेक्षा लिनु भएको छ । साथै तालिमको २ दिने तालिमले समारात्मक सन्देश दिएर उपलब्धीमुलक हुने विश्वास ब्यक्त गर्नु भएको छ ।
तालिमको सहजिकरण कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुका प्रवन्धक हरिचन्द्र चौधरी, कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तुका सेस्प टेक्निकल अफिसर केशव कुमार बि.सी. र कालिका स्वावलम्वन सामाजिक केन्द्र कपिलवस्तुका सेस्प टेक्निकल अफिसर ऋषिकेश डाँगीले गर्नुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस